प्रताप र मेलिनाको नयाँ गीत रिलिज, मिरुना र राजले लगाए ठुम्का (भिडियो)



१४ फागुन २०७५, काठमाडौँ

चलचित्र रोज मा काम गरेपछि नायिका मिरुना मगर धेरैका नजरमा पर्न सफल भइन् । चलचित्र रोज बक्सअफिसमा असफल साबित भयो । तर मिरुनाको कामको भने सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । रोज पछि नायिका मिरुनाले चलचित्र साइनो मा काम गरिन् ।

भर्खरै मात्र चलचित्र साइनो को एक गीत सार्वजनिक भएको छ । चेतन कार्कीको शब्द र बसन्त सापकोटाको संगीत रहेको मायालुलाई जात्रैमा भेटियो बोलको गीतमा चर्चित गायिका मेलिना राई र पछिल्लो समयमा निकै व्यस्त भएका गायक प्रताप दासको आवाज रहेको छ ।

निकै रमाईलो शैलीको गीतमा चलचित्रकी मुख्य नायिका मिरुना मगर र राज कुमारलाई फिचरिङ गराइएको छ । उक्त गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्