१४ फाल्गुन २०७५, काठमाडौं
खुट्टाका चोटका कारण मैदान बाहिर रहिरहेका विश्व फुटबलका स्टार तथा ब्राजिली खेलाडी नेयमारले बार्सिलोनाका कप्तान लियोनेल मेस्सीप्रति ठुलो सम्मान गरेको बताएका छन् ।
हाल अहिले उनी क्लबबाहिर रहँदा पनि मेस्सीको मुक्तकण्ठले प्रंशसा गरेका हुन् । उनले पछिल्लो एक अन्तरवार्तामा भनेका छन् ।
‘नजिक आउ, तिमी आफैले गर्ने हो, तिमी खुसी हुन आवश्यक छ, जसरी पुर्व क्लब सान्टोसमा थियौ । लजाउन कुनै आवश्यक छैन । डराउन समेत आवश्यक छैन, क्लब र मसंग समेत । हामी सबै तिमीलाई सहयोग गर्न यहाँ छौ ।’
यो समयमा उनी केलियन एम्बाप्पे र इडिन्सन काभानीसंग जमिरहेका छन् । तर, उनको बार्सिलोनाका कप्तान मेस्सीसँगको गहिरो सम्बन्ध भने उस्तै छ ।