१४ फाल्गुन २०७५, काठमाडौं
चेल्सीका गोलकिपर केपा अरिजाबालागालाई कारबाहीमा परेका छन् ।
आईतबार म्यानचेस्टर सिटीविरुद्धको इएफएल कपको फाइनलमा उनलाई प्रशिक्षक माउरिजियो सारीले पेनाल्टी सुटआउट अघि उनलाई प्रतिस्थापन गर्न खोजेका थिए । तर अरिजाबालागा अस्विकार गर्दै मैदानमै बसिरहेका थिए ।
प्रशिक्षक सारीको निर्देशन नमानेका उनलाई एक साताको तलब जरिवाना तिराइने भएको छ ।
चेल्सीका अनुसार केपाले आफ्नो गल्ती स्वीकारेका छन् ।
केपाले भनेका छन्, “चेल्सीका अनुसार केपाले आफ्नो गल्ती स्वीकारेका छन् ।”
प्रशिक्षक सारीले पनि गोलकिपर केपाले गल्ती स्विकार गरेकाले बाँकी कारबाहीको जिम्मा क्लबले लिने बताएका छन् ।