१४ फाल्गुन २०७५, काठमाडौं
आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ बाट २० सदस्यीय टोली चयन छनौट गरिएको छ। ग
समितिका अनुसार सर्लाहीका अरुण ब्लोन, महोत्तरीका सागर सुस्लिङ, पर्साका सुनिल राउत कुर्मी, सर्लाहीका रामहरि पौडेल, महोत्तरीका अम्बरबहादुर स्याङ्बो र सन्तोष राई, सिरहाका अनिल माझी, सप्तरीका सुशीलकुमार यादव, धनुषाका सद्दम मन्सुर छनौट भएका छन् ।
त्यसैगरी पर्साका कृष्ण शाक्य, महोत्तरीका नीरबहादुर आले र खड्गबहादुर बलमपाकी, सिरहाका राकेश सिंह, सप्तरीका उज्ज्वलसिंह सेवा, रौतहटका रोशन पहरी, बाराका कृष्णकान्त चौधरी, सर्लाहीका रितिककुमार खड्का, महोत्तरीका गङ्गाबहादुर आले, सप्तरीका देवानन्द चौधरी र धनुषाका टङ्कबहादुर सिङ्तान टोलीमा समावेश छन् ।