सामान बाेक्ने कार्गाेमा पनि विदेशी लगानी, नेपाली व्यवसायीकाे विराेध



१५ फागुन २०७५, काठमाडौं

मुलुकमा ठुलो परिमाणमा विदेशी लगानी आवश्यक परिरहेको बेला सरकारले भने स्वदेशी व्यवसायीलाई नै असर पर्ने गरी कार्गो क्षेत्रमा लगानी स्वीकृत गरेको छ । उद्योग विभागले ५० लाख २ करोड रुपैयाँसम्मका पुँजी भएको कार्गो कम्पनीलाई स्वीकृति दिएको पाइएको छ । हालसम्म आधा दर्जन भारतीय तथा चिनियाँ कम्पनीलाई यस्तो स्वीकृति दिइसकेको पाएपछि स्वदेशी व्यवसायीले भने यसको विरोध गरेका छन् ।

व्यवसायीहरुको कार्गो क्षेत्रमा सानो परिमाणमा वैदेशिक लगानी रोक्न उद्योगसचिव यामकुमारी खतिवडा, वाणिज्य तथा आपूर्तिसचिव केदारबहादुर अधिकारीलगायतलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत ध्यानाकर्षण गराउँदै नेपाल फ्रेट फरवार्डस् एसोसिएनले स्वदेशी लगानीलाई हतोत्साहित नगर्न आग्रह गरेको छ । यो समाचार कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्