आज नायिका प्रियंका कार्कीको जन्मदिन, शुभकामना दिनेको ओइरो



१५ फागुन २०७५, काठमाडौँ

प्रियंका कार्की नेपालकी निकै चर्चित नायिका हुन् । उनले निकै लोभलाग्दो सफलता हासिल गरेकी छिन् । अव्वल अभिनय र नृत्यकी खानी भनेर चिनिने प्रियंकाको आज जन्मदिन रहेको छ । प्रियंका आज आफ्नो ३२ औँ जन्मदिन मनाउँदै छिन् ।

प्रियंकाले आफ्नो जन्मदिनमा आफ्ना फ्यान र आफन्तबाट शुभकामना पाइरहेकी छिन् । यतिबेला उनी चलचित्रमा भन्दापनि आफूले केहीसमय अघि खोलेको आयाङ्का फाउण्डेशनमा व्यस्त छिन् । यसकै लागि अहिले आयुष्मान र प्रियंका सर्ट चलचित्रहरु निर्माण गरिरहेका छन् ।

आज प्रियंकाले आफ्नो जन्मदिन आफ्ना परिवार र आयुष्मानसँगै मनाउने छिन् । प्रियंकाले नेपाली चलचित्र क्षेत्रमा धेरै सफल चलचित्र दिइसकेकी छिन् । त्यसैले उनका फ्यानहरु पनि निकै नै रहेका छन् । हाम्रो तर्फबाट पनि प्रियंकालाई जन्मदिनको शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस्