भुवन र राजेश भन्छन्, ‘हामीबीच कहिल्यै पनि प्रतिस्पर्धा थिएन’



१५ फागुन २०७५, काठमाडौँ

भुवन केसी र राजेश हमाल दुवै नेपाली चलचित्र क्षेत्रका नाम चलेका अभिनेता हुन् । कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा यी दुईको मात्र राज थियो । अहिले यी दुवै चलचित्र क्षेत्रबाट टाढा छन् । भुवन चलचित्र निर्माण निर्देशन गर्नमा व्यस्त छन् भने पछिल्लो समयमा राजेश हमाल को बन्छ करोडपति मा व्यस्त छन् ।

त्यस्तै को बन्छ करोडपति को पछिल्लो एपिसोडमा अनमोल केसी र भुवन केसी पनि पुगेका थिए । लामो समयपछि भेट हुँदा भुवन र राजेश एकअर्कासँग निकै खुले । भुवन र राजेशले निकै रमाइला कुराकानी पनि गरे ।

कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा यी दुई अभिनेताबीच कडा प्रतिस्पर्धा भएको बताइन्थ्यो । तर यी दुवै अभिनेताले आफूहरुबीच कहिल्यै पनि प्रतिस्पर्धा नभएको बताए । भुवन र राजेशले सधैँ आफूहरु एकअर्काका साथी नै भएको पनि बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्