सुपरहिट चलचित्र ‘मेरो एउटा साथी’ छ को सिक्वेल बन्ने, आर्यन र नम्रता हुने सम्भावना निकै कम



१५ फागुन २०७५, काठमाडौँ

चलचित्र मेरो एउटा साथी छ निकै सुपरहिट चलचित्र हो । सन् २००९ मा प्रदर्शनमा आएको यो चलचित्रले त्यस समयमा निकै नै राम्रो कलेक्सन गरेको थियो । यहि चलचित्रबाट आर्यन र नम्रताले दर्शकको अत्याधिक माया समेत पाउन सफल भएका थिए । अझ भन्नुपर्दा नम्रताको करियर नै यसै चलचित्रले बनाइदिएको हो ।

अब लगभग १० बर्षपछि चलचित्र मेरो एउटा साथी छ को सिक्वेल बन्ने भएको छ । तर यसपटक चलचित्रलाई सुदर्शन थापाले नभई दिनेश राउतले निर्देशन गर्नेछन् । चलचित्र मेरो एउटा साथी छ मा दिनेश असिस्टेन डिरेक्टर थिए भने मेरो एउटा साथी छ मा उनले सुदर्शनलाई रिप्लेस गरेका छन् ।

मेरो एउटा साथी छ मा आर्यन र नम्रताको केमेष्ट्रिलाई दर्शकले औधी रुचाएका थिए । तर मेरो एउटा साथी छ २ मा भने यो जोडी हुने वा नहुने टुङ्गो लागिसकेको छैन । प्राप्त जानकारी अनुसार मेरो एउटा साथी छ मा आर्यन र नम्रता जोडिने सम्भावना निकै न्यून छ । यतिबेला चलचित्रको कथाको काम भैरहेको छ । केहीदिनमा कलाकार पनि फाइनल गरिने चलचित्र निर्माण टिमले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्