१५ फाल्गुन २०७५, काठमाडौं
पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राती घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनलाई ३–० को गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
पिएसजीको जितमा एन्जल डी मारियाले दुई तथा थोमस मुनिएरले एक गोल गरे ।
ममारियाले टिमका लागि ती गोल खेलको ८ तथा २८ औं मिनेटमा गरेका थिए भने पिएसजीका लागि तेश्रो गोल मुनिएरले खेलको ७६ औं मिनेटमा गरेका थिए ।
फ्रान्सेली च्याम्पियन युवा स्टार केलियन एमबाप्पे तथा चोटग्रस्त स्टार खेलाडी नेइमार तथा एडिन्सन काभानी बिना नै मैदानमा थियो ।
चोटका कारण दुई स्टार खेलाडीहरू नेइमार र कभानी बिनै खेलिरहेको पिएसजी हिजोको खेलमा आफ्ना युवा स्ट्राइकर एमबाप्पे बिना उत्रेको थियो ।