१५ फाल्गुन २०७५, काठमाडौं
भारत र पाकिस्तान दुबै दक्षिण एशियाली राष्ट्रहरु हुन् ।
सन् १९४७ मा ब्रिटिश शासनबाट छुट्टिएर दुबै स्वतन्त्र राष्ट्र बनेका थिए ।
स्थापनाकालबाट नै यी दुई देशहरुबीच कहिल्यै सुमधुर सम्बन्ध स्थपना हुन सकेन ।
अझै पनि यो सम्बन्धमा तिक्तता जस्ताको तस्तै छ ।
हुन त योभन्दा पहिले पनि यी दुई देशबीच धेरै पटक युद्धदेखि लिएर सम्झौतासम्मको कामको प्रयाश नभएको होईन ।
तर, अझैसम्म पनि यी दुई देशबीच सम्बन्धहरुमा केही सकारात्मक परिवर्तन आएको छैन ।
हाल यो दुई देशबीच फेरी एकपटक तनाव सिर्जना भएको छ ।
अक्टोबर १९४७
भारत र पाकिस्तानबीच पहिलो युद्ध भएको थियो ।
स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी कश्मीरलाई लिएर युद्धमा होमिएका थिए ।।
अगस्ट १९६५
कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध ।
सन् १९६५ मा यी दुई देशबीचमै काश्मीरकै विषयलाई लिएर युद्ध भएको थियो ।
डिसेम्बर १९७१
भारतद्वारा पूर्वी पाकिस्तान (हालको बंगलादेश)मा अतिक्रमण भएको थियो ।
इस्लामाबादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतले समर्थन गरेको थियो ।
भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण भएको बताईएको पाईन्छ। त्यसपछि बंगलादेशको स्थापनापश्चात युद्धको अन्त्य भएको थियो ।
सन् १९८९
सन् १९८९ मा कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी भएको थियो ।
फेब्रुअरी १९९९
सन् १९९९ मा भने यी दुई देशबीच केही सकारात्मक सम्बन्धहरुलाई विस्तार गरेको हामी भेट्टाउन सक्छौं ।
भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान गरेका थिए ।
मे १९९९
पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा भएको थियो।
भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् अतिक्रमणकारीहरू फिर्ता गरिएको थियो ।
मे २००१
सन् २००१ मा भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता सम्पन्न भएको थियो।
त्यसरी सकारात्मक कदम चाल्न कोशिस गरेपनि त्यो समय कुनै किसिमको सन्धी–सम्झौता भने हुन सकेन ।
अक्टोबर २००१
सन् २००१ अक्टोबरमा श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण गरिएको थियो ।
जहाँ ३८ व्यक्तिको मृत्यु भएको कुरा उल्लेख गरिएका छन् ।
१३ डिसेम्बर २००१
त्यसपछि झनै दुई देशबीचको झमेला जस्ताको तस्तै रहन थाल्यो ।
सन् २००१ डिसेम्बरमा दिल्लीस्थित भारतीय संसद्मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु भएको थियो ।
फेब्रुअरी २००७
सन् २००७ मा भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट गरिएको कुरा अझै हामी प्ढन सक्छौं ।
जहाँ ६८ जनाको मृत्यु भएको कुरा जानकारीमा उल्लेख छन् ।
२६ नोभेम्बर २००८
विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेशन, विलासी होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण भएको थियो ।
६० घण्टे घटनामा १६६ जनाको मृत्यु भएको थियो । जहाँ, भारतद्वारा पाकिस्तानमा रहेको लश्कर ए–तइबा समूहमाथि दोष थुपारिएको थियो ।
जनवरी २०१६
सन् २०१६ को जनवरीमा पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमण गरिएको थियो ।
जहाँ ७ भारतीय सैनिक र ६ जना विद्रोहीहरु मारिएका थिए ।
१८ सेप्टेम्बर २०१६
१८ सेप्टेम्बर २०१६ मा भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखाडामा विद्रोहीद्वारा हमला गरिएको थियो ।
जहाँ १९ सैनिकहरुलाई मारिएको जानकारीमा उल्लेख छ ।
३० सेप्टेम्बर २०१६
भारतद्वारा पाकिस्तानी कश्मीरमा सैन्य कारबाही सर्जिकल स्ट्राइकु गरेको भनाई ।
तर, सो कारबाही पाकिस्ताले अस्वीकार गरेको थियो ।
१४ फेब्रुअरी २०१९
कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट गरिएको थियो ।
अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु भएको थियो । पाकिस्तानमा रहेको जैश–ए–मोहम्मद समूहद्वारा जिम्मेवारी स्वीकार भएको थियो भनी भनिएको छ ।
२६ फेब्रुअरी २०१९
२६ फेब्रुअरी २०१९ मा भारत–पाकिस्तान सीमा उल्लङ्गघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण गरिएको थिए ।
लडाकु समूह जैश–ए–मोहम्मदको शिविर नष्ट गरिएको भारतले दावी गर्दै आएको थियो ।