यस्ति थिइन् सानोमा सेड्रिना शर्मा (भिडियो)



१५ फागुन २०७५, काठमाडौँ

सेड्रिना शर्मा पछिल्लो समयकी निकै चर्चित बाल कलाकार हुन् । उनी चलचित्र नाई नभन्नु ल ५ बाट नेपाली रजतपटमा भित्रिएकी हुन् । तर पहिलो चलचित्रबाट नै उनले नसोचेको सफलता हात पार्न सफल भएकी छिन् ।

यतिबेला सेड्रिना आफ्नो पढाई पुरा गर्नको लागि भारत गएकी छिन् । पछिल्लो समयमा उनले खेलेको ओढेर घुङ्गट बोलको गीत सार्वजनिक भएको थियो । जुन गीतलाई दर्शकले निकै रुचाइरहेका छन् । त्यस्तै यतिबेला सामाजिक सञ्जालमा सेड्रिनाको सानो बेलाको फोटो पनि निकै भाइरल भैरहेको छ ।

सेड्रिना सानी छदाँ पनि निकै नै राम्री रहिछिन् । अहिले उनको सानो बेलाको फोटो कलेक्सन गरेर युट्युबमा पनि राखिएको छ । जसलाई दर्शकले धेरै मन पराइरहेका छन् । सेड्रिना अब ६ महिनापछि बिदामा नेपाल आउने योजनामा रहेकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्