आफन्तको विवाहमा नाचिरहेकी ४ बर्षिया बालिकालाई जर्बजस्ती जङ्गलमा लगेर गरियो बलात्कार



१५ फागुन २०७५, काठमाडौँ

दिनप्रतिदिन समाजमा बलात्कारको घटना घटिरहँदा ताप्लेजुङकी एक बालिका पनि बलात्कारको सिकार हुन पुगेकी छिन् । आफन्तको विवाहमा नाचिरहेकी ४ बर्षिया बालिकालाई जर्बजस्ती तानेर जङ्गलमा लगेर सामूहिक बलात्कार गरिएको हो ।

ती सानी बालिकाले नमान्दा नमान्दै पनि केही युवाले उनलाई जर्बजस्ती जङ्गलमा लगेर सामूहिक बलात्कार गरेका छन् । अहिले प्रहरीले बलात्कार गर्नेमध्ये दुईजनालाई पक्राउ गरेको छ । जसमध्ये एकजनाको उमेर २३ बर्ष र अर्कोको उमेर १८ बर्षको रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्