सैफकी पूर्वपत्नी अमृताबारे करिनाले गरिन् यस्तो खुलासा



१५ फागुन २०७५, काठमाडौँ

करिना कपुर बलिउडकी निकै चर्चित नायिका हुन् । तर आजभोली उनी चलचित्रका कारण भन्दापनि आफ्नो व्यक्तिगत जीवनका कारण धेरै चर्चामा आउने गर्छिन् । विशेषगरी सारा र तैमुरको कुरालाई लिएर उनी मिडियामा छाउने गर्छिन् ।

यस्तैमा करिनाले एक शो मा सैफकी पूर्वपत्नी अमृताको बारेमा केही भनेकी छिन् । उनले सैफसँग विवाह भएपछि आफूले अमृतालाई नभेटेको बताएकी छिन् । उनले अन्तिम पटक अमृतासँग चलचित्र कभि खुसी कभि गम को सुटिङमा भेटेको बताइन् ।

करिनाले अमृताको निकै तारिफ पनि गरिन् । उनले आफ्नो पतिका दुई सन्तानलाई अमृताले निकै राम्रोसँग हुर्काएको बताइन् । साथै उनले अमृताको सन्तान आफ्नो पनि सन्तान भएको बताइन् । उनले आफू र अमृता मिल्ने साथी भएको पनि बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्