झरनाकी छोरी सुहानाको कामको तारिफ गर्दै अनमोलले भने, ‘सुहानाले इन्डष्ट्रि हल्लाउँछिन्’



१५ फागुन २०७५, काठमाडौँ

यतिबेला नायक अनमोल केसी चलचित्र क्याप्टेन को प्रमोशनमा व्यस्त छन् । जुन चलचित्र आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । त्यस्तै क्याप्टेन पछि अनमोलले आफ्नो समय चलचित्र ए मेरो हजुर ३ लाई दिदैँछन् । जुन चलचित्र चैत्रको २९ बाट प्रदर्शनमा आउने भएको छ ।

अनमोलले सधैँ आफूसँग काम गर्ने नायिकाको निकै नै तारिफ गर्ने गरेका छन् । त्यस्तै उनले झरनाकी छोरी सुहानाको पनि तारिफ गर्न छाडेनन् । उनले सुहानाले निकै मेहेनत गरेर चलचित्र क्षेत्रमा आएको बताएका छन् । साथै अनमोलले सुहाना निकै मेहेनती कलाकार भएकाले उनले यो क्षेत्रमा सुहाना धेरै माथि पुग्ने दाबी गरेका छन् ।

उनले सुहानामा यो क्षेत्रमा केही गर्छु भन्ने फिल भएकाले उनी निकै माथिसम्म पुग्ने बताएका छन् । केहीसमय अघि चलचित्र  ए मेरो हजुर ३ को टिजर सार्वजनिक गरिएको थियो । जसलाई दर्शकले निकै रुचाइरहेका छन् । त्यस्तै केहीदिनमा चलचित्रको गीत पनि सार्वजनिक गर्ने चलचित्र निर्माण टिमले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्