प्रियंकाको बर्थडे मनाउन प्रियंकाकै घर पुगे आयुष्मान, देखियो यस्तो लोभलाग्दो प्रेम (भिडियो)



१५ फागुन २०७५, काठमाडौँ

आज नायिका प्रियंका कार्की आफ्नो ३२ औँ जन्मदिन मनाइरहेकी छिन् । आज प्रियंकालाई जन्मदिनको सरप्राइज दिन आयुष्मान प्रियंकाकै घरमा पुगेका थिए । उनले प्रियंकालाई सरप्राइज दिन केक लिएर गएका थिए ।

अहिले प्रियंका र आयुष्मान आफ्नो फाउण्डेशनको काममा निकै व्यस्त छन् । तरपनि आजको दिन आयुष्मान र प्रियंकाले समय निकालेर एकसाथ प्रियंकाको जन्मदिन मनाइरहेका छन् । प्रियंका र आयुष्मान एकअर्कालाई निकै माया र सपोर्ट गर्ने गर्छन् ।

प्रियंकाको बर्थडे मा पनि प्रियंका र आयुष्मानले निकै रमाइलो गरे । अबको केहीदिनमा उनीहरु फाउण्डेशनको एक कार्यक्रम लिएर धनुषा जाने तयारीमा रहेका छन् । प्रियंकाको जन्मदिनको अवसरमा आयुष्मानले प्रियंकालाई केहीदिन पछि घुमाउनको लागि बाहिर लिएर जाने भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्