१५ फाल्गुन २०७५, काठमाडौं
अखिल नेपाल फुटबल संघ एन्फाले २३ जना नेपाली महिला फुटबल खेलाडीलाई जनही एक एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।
गत साता भारतमा भएको हिरो महिला गोल्डकपमा उत्कृष्ट प्रदर्शन गरेका कारण पुरस्कारको घोषणा गरिएको एन्फाले जनाएको छ । हिरो महिला गोल्डकपमा नेपालले साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारतलाई हराएको थियो ।
साफ च्याम्पियनसिप फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा हुनेछ । अहिले नेपाली टिम विराटनगर पुगेर प्रशिक्षणमा व्यस्त छ । प्रतियोगिताका लागि प्राविधिक तयारी अन्तिम अवस्थामा पुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।