यस कारण प्रियंकाले आफ्नो विवाहमा करणलाई बोलाएकी थिइनन्



१५ फागुन २०७५, काठमाडौँ

भारतका चर्चित निर्देशक तथा निर्माता करण जौहरको चर्चित शो कफि विथ करणको पहिलो सिजन सकिएको छ । पहिलो सिजनको अन्तिम पाहुनाको रुपमा करणको शो मा बलिउडका दुई सुन्दर नायिका प्रियंका चोपडा र करिना कपुर पुगेका थिए ।

उक्त शो मा करिना र प्रियंकाले आफ्नो धेरै कुरा खोले । यस्तैमा करणले प्रियंकालाई आफ्नो विवाहमा किन नबोलाएको भनेर पनि प्रश्न गरेका थिए । यसमा प्रियंकाले निकै रमाइलो जवाफ दिएकी छिन् ।

प्रियंकाले आफ्नो विवाहमा कसैले पनि फोन चलाउन नपाइने नियम राखेको र करण फोन नचलाइन बस्नै नसक्ने भएकाले आफ्नो विवाहमा नबोलाएको बताइन् । प्रियंकाको यस्तो जवाफ सुनेर करिना र करण निकै बेर हाँसे ।

 

 

प्रतिक्रिया दिनुहोस्