रबिन्द्र अधिकारीको घरमा पुग्दा ! छोराको मृत्युको खबरले आमा बुबा दुवै बेहोस (भिडियो)



१६ फागुन २०७५, काठमाडौँ

हिजोमात्र ताप्लेजुङ उड्दै गरेको हेलिकप्टर दुर्घटनामा परेको छ । जसमा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जना चडेका थिए । हेलिकप्टरमा चडेका सबैको निधन भएको छ । अहिले यो समाचारले पुरै नेपाल नै शोकमय बन्न पुगेको छ ।

त्यस्तै रबिन्द्र अधिकारीको घर पोखरा पुग्दा देखिएको त्यहाँको माहोल निकै दुखमय रहेको छ । रबिन्द्रको निधनको खबर हामीलाई मात्र नभएर उनलाई बाबु आमालाई पनि पत्याउन निकै कठिन भएको छ । अझ रबिन्द्रका आमा बाबु त उनको निधनको खबरले स्तब्ध भएका छन् । रुदाँ रुदाँ रबिन्द्रका आमाबुबा बेहोस हुने अवस्थामा पुगेका छन् ।

ताप्लेजुङबाट रबिन्द्र सहित सम्पूर्ण मृतकको शव काठमाडौँ ल्याइदैँ छ । रबिन्द्रका आमा बुबालाई पनि हिजो पोखरा विमानस्थलबाट काठमाडौँ ल्याइएको छ । रबिन्द्रको घरमा उनको आमा बुबा श्रीमती र २ छोराहरु थिए । अहिले रबिन्द्रको पुरा परिवार निकै शोकमा डुबेको छ ।

 

प्रतिक्रिया दिनुहोस्