१६ फाल्गुन २०७५, काठमाडौं
चिनियाँ फुटबल संघका अध्यक्ष ‘चाइ झिन्हुआ’ आज नेपाल आउने भएका छन् । दुईदिने औपचारिक भ्रमणका लागि उनी नेपाल आउने भएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महा–सचिव इन्द्रमान तुलाधरका अनुसार चाइ झिन्हुआ आज दिउँसो १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्ने छन् ।
उनीसँग चीन र नेपालबीच फुटबलको क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा छलफल हुने बताईएको छ ।
दुई दिने नेपाल भ्रमणमा रहेको बेला चिनियाँ खेलकूद मन्त्रालयका सहमन्त्रीसमेत रहेका झिन्हुआले फुटबलका क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा एन्फासँग औपचारिक सम्झौतासमेत गर्ने जनाईएको छ ।