को बन्छ करोडपति मा अनमोल र भुवनले जिते ५० लाख, १ करोडको प्रश्नमा अड्किए (भिडियो)



१६ फागुन २०७५, काठमाडौँ

यतिबेला अभिनेता अनमोल केसी र भुवन केसी चलचित्र क्याप्टेन को प्रमोशनमा व्यस्त छन् । चलचित्र क्याप्टेन यहि फागुन अर्थात् भोलिबाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्रको प्रमोशनको क्रममा केहीदिन चलचित्र क्याप्टेन टिम राजेश हमालको चर्चित रियालिटी शो को बन्छ करोडपति मा पुगेका थिए ।

त्यहाँ राजेशले भुवन र अनमोललाई निकै रमाईलोसँग गेम खेलाए । त्यस्तै भुवन र अनमोलले पनि निकै राम्रोसँग गेम खेले । भुवन र अनमोलले ५० लाखको धनराशी जित्न सफल भएका छन् । तर १ करोडको प्रश्नमा अनमोल र भुवनको बोली अड्कियो ।

अब अनमोल र भुवनले १ करोड जित्छन् वा ५० लाखबाट झरेर ३ लाख मात्र जित्छन् त्यो हेर्न भने अबको हप्ता दखाइने को बन्छ करोडपति को एपिसोड नै हेर्नुपर्ने हुन्छ । तर जे होस् यो हप्ताको को बन्छ करोडपति को एपिसोडलाई क्याप्टेन टिमले निकै रमाइलो बनाइदिने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्