यस्तो छ रबिन्द्र अधिकारीको मृत्यु भन्दा अगाडीको मार्मिक अन्तिम भाषण (भिडियो)



१६ फागुन २०७५, काठमाडौँ

हिजो घटेको दुखद घटनाका कारण यतिबेला सारा नेपाली शोकमा डुबेका छन् । पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जना चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेर सबैको निधन भएको छ । अहिले रबिन्द्रको शव काठमाडौँ ल्याइदैँ छ ।

यस्तैमा रबिन्द्रको निधन हुनुभन्दा अगाडीको उनको अन्मित भाषण सार्वजनिक भएको छ । अहिले जताततै उनको भिडियो भाइरल भैरहेको छ । रबिन्द्रको टोली चढेको हेलिकप्टर पाथीभरा दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको स्रोतले जनाएको छ ।

त्यस्तै स्थानीय बासिन्दाले प्लेन टुक्रा टुक्रा भएको र प्लेनबाट अहिलेसम्म आगो बलिरहेको बताएका छन् । एक आर्मीको बुट बाहेक केहीपनि बाकीँ नभएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्