आफ्नो कामले हिट भइन्छ, अनमोलले होइन : उपासना सिंह ठकुरी



१६ फागुन २०७५, काठमाडौँ

भोलिबाट देशव्यापी रुपमा बहुप्रतिक्षित चलचित्र क्याप्टेन रिलिज हुदैँछ । जसमा अनमोल एक फुटबल खेलाडीको भूमिकामा देखिएका छन् । त्यस्तै यतिबेला चलचित्रका सबै कलाकार चलचित्रको प्रमोशनमा निकै व्यस्छ छन् ।

चलचित्रको प्रमोशनकै क्रममा चलचित्रकी मुख्य नायिका उपासना सिंह ठकुरीसँग केही कुराकानी गरिएको थियो । उनले आफू क्याप्टेन लाई लिएर निकै उत्साहित भएको बताइन् । अनमोल केसी अहिलेका सबैभन्दा चर्चित र डिमाण्डेड अभिनेता हुन् । त्यसैले अनमोलसँग काम गर्दा भाग्य चम्कन्छ भन्ने धेरैलाई लाग्ने गर्छ ।

यस्तै उपासनालाई पनि अनमोलसँग काम गरेपछि भाग्य चम्कने कुरा कत्तिको विश्वस्त हुनुहुन्छ भन्ने प्रश्न गरिएको थियो । जसमा उपासनाले अनमोलसँग काम गर्दैमा भाग्य नचम्कने बताइन् । उनले अनमोलसँग काम गर्न पाउनु आफ्नो भाग्यको कुरा भएको बताइन् । तर यस क्षेत्रमा आफू कसरी अघि बढ्ने भन्ने कुरा आफ्नो कामले पुष्टि गर्ने पनि उनको धारणा छ ।

उनले आफूले चलचित्र क्याप्टेन को कथाले मागेअनुसार आफ्नो शत प्रतिशत दिएकाले दर्शकले चलचित्र हेरेपछि आफूलाई मन पराउने कुरामा ढुक्क रहेको बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्