१६ फाल्गुन २०७५, काठमाडौं
घरेलु मैदानमा पहिलो पटक सिरिज गुमाए पनि भारतीय कप्तान तथा ब्याट्सम्यान विराट कोहलीले केहि व्यक्तिगत उपलब्धि हासिल गरेका छन् ।
अस्ट्रेलियाविरूद्धको दोश्रो टि–२० म्याचमा नटआउट ७२ रन बनाएका कोहलीले यस फर्म्याटमा २२०० रन बनाएर विश्वकिर्तिमान कायम गरेका छन् ।
६७ औं म्याचबाट उनले यो कीर्तिमान आफ्नो नाममा सार्न सफल भएका हुन् । २२०० रन बनाउने उनी दुनियाँका चौथो क्रिकेटर हुन् ।
उनीअघि भारतकै रोहित शर्मा, न्यूजल्यान्डका मार्टिन गप्टिल र पाकिस्तानका शोएब मलिकले २२०० रनको आँकडा छोएका छन् ।
रोहितको नाममा टि–२० मा सर्वाधिक २३३१ रन बनाएको कीर्तिमान छ। उनले ९४ खेल खेल्दै यो रेकर्ड बनाएका हुन् । मार्टिनले ७६ म्याचबाट २२७२ रन बनाएका थिए भने शोएबले १११ म्याचबाट २२६३ रन बनाएका छन् ।
६७ म्याचबाट कोहलीको २२६३ रन भएको छ । उनले सर्वाधिक रन बनाउनेमा पाकिस्तानका शोएबसँग बराबरी गरेका छन् । अब उनीभन्दा अगाडी रोहित शर्मा र गप्टिल रहेका छन् ।