१६ फाल्गुन २०७५, काठमाडौं
माक्सवेलको आक्रामक शतकमा अष्ट्रेलियाले भारतलाई पराजित गरेको छ । माक्सवेलको शतकमा अष्ट्रेलियाले भारतलाई ७ रनले हराएको हो । यससँगै पहुना टोलीले २ खेलको टि–२० सिरिज २/० ले आफ्नो पक्षमा पार्यो ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन जोड्यो । कप्तान विराट कोहलीले ३८ बलमा नटआउट ७२ रन बनाएपछि भारतले विशाल योगफल तयार पारेको थियो ।
आक्रमक ब्याटिङ गर्दै २ चौका र ६ छक्का प्रहार गरेका कोहलीलाई पूर्व कप्तान महेन्द्रसिंह धोनीले पनि राम्रो साथ दिए । धोनीले २३ बलमा समान ३/३ चौका र छक्का प्रहार गर्दै ४० रन जोडे ।
जवाफमा ग्लेन म्याक्सवेलले ५० बलमा शतक पूरा गर्दै ५५ बलमा १ सय १३ रन बनाएपछि अष्ट्रेलियाले अन्तिम ओभरमा लक्ष्य प्राप्त गर्यो । म्याक्सवेलले ७ चौका र ९ छक्का प्रहार गर्दै भारतीय बलरहरुमाथि दवाव बनाइरहे । ओपनर डार्सी सर्टले २८ बलमा ४० रन जोड्दा पिटर ह्यान्डसकम्ब २० रनमा नटआउट रहे ।