मलाई अनमोलसँग कत्तिपनि डर छैन : आशिरमान देशराज जोशी



१६ फागुन २०७५, काठमाडौँ

भोलीबाट अनमोल केसीको बहुप्रतिक्षित चलचित्र क्याप्टेन प्रदर्शनमा आउँदै छ । क्याप्टेन सँगै अहिलेका अर्का चर्चित अभिनेता आशिरमान देशराज जोशीको चलचित्र द ब्रेकअप पनि प्रदर्शनमा आउँदै छ । दुवै चलचित्र ठूला ब्यानरमा निर्मित भएका छन् ।

यस्तैमा आशिरमानलाई अनमोलसँग चलचित्र जुध्दा डर लागेको छैन भन्ने प्रश्न गरिएको थियो । यसमा आशिरमानले तुरुन्तै जवाफ पनि फर्काए । आशिरमानले आफूलाई अनमोलसँग कत्तिपनि डर नलाग्ने बताए । उनले चलचित्र द ब्रेकअपमा आफू उत्कृष्ट काम गरेकाले दर्शकले चलचित्रलाई रुचाउने कुरामा आफू ढुक्क भएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्