आफ्ना पूर्वप्रेमी हिमांशलाई सबैले गाली गर्न थालेपछि हिमांशको साथ दिदैँ नेहाले लेखिन् यस्तो स्टाटस



१६ फागुन २०७५, काठमाडौँ

नेहा कक्कड बलिउडकी निकै चर्चित गायिका हुन् । केहीसमय यता उनी आफ्नो लब अफेयर र ब्रेकअपका कारण चर्चामा छिन् । उनी केहीसमय अघि ब्रेकअपका कारण डिप्रेशनमा समेत गएकी थिइन् ।

नेहाका प्रेमी हिमांशले उनलाई अर्की केटीको लागि ब्रेकअप दिएको भन्ने कुरा बाहिर आएपछि नेहाका फ्यानले हिमांशलाई निकै गाली गरिरहेका थिए । यस्तै अहिले नेहाले आफ्ना फ्यानहरुले हिमांशलाई ज्यादै गाली गर्न थालेपछि हिमांशको सपोर्ट गर्दै ट्युटरमा एक स्टाटस पोष्ट गरेकी छिन् ।

नेहाले आफू ब्रेकअपपछि निकै हर्ट भएको तर सबैै दोष हिमांशको मात्र नभएको बताइन् । उनले हिमांशलाई अनावश्यक गाली नगर्न सबैलाई आग्रह गरिन् । त्यतिमात्र नभएर नेहाले हिमांश राम्रो केटा भएकाले सत्यतथ्य नबुझी उनलाई गाली गर्न नहुने पनि बताइन् । अब नेहाको यस्तो स्टाटसमा उनका फ्यानले कस्तो प्रतिक्रिया दिन्छन् त्यो भने हेर्न बाकीँ नै छ ।


 

 

प्रतिक्रिया दिनुहोस्