१७ फागुन २०७५, बिर्तामोड
बंगलादेश–भारत–नेपालबीच सीधा बस सेवाको गत बैशाख ११ गते मंंगलबार परीक्षण भयो । बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस तामझामका साथ नेपाल प्रवेश गरे । झापाको काँकडभिट्टा नाकामा बस र बसमा सवार तीनै देशका अधिकारीलाई भव्य स्वागत पनि गरियो ।
बस ढाकाबाट हिँडेको ५२ घण्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेको थियो । तर, अहिले त्यो दृष्य कथाजस्तै बनेको छ । त्यसपछि नेपाल–बंगलादेश बस सेवा न चर्चा छ न पुनः सेवाको तयारी नै ।
बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) मोटर भेहिकल सम्झौता भएको तीन वर्षपछि वैशाखमा ढाका–काठमाडौँ सीधा बस सेवा सञ्चालनको पहल सुरु भएको थियो । बस सेवा परीक्षण गरेको वर्षदिन बित्न लाग्दासमेत बस सेवाको औपचारिक सञ्चालन गर्ने÷नगर्ने विषयमा नेपाली र बंगलादेशी अधिकारीले अझै चासो दिएका छैनन् ।