हलमा एकसाथ आयो ‘क्याप्टेन’ र ‘द ब्रेकअप’, अनमोल र आशिरमानमा कसले मार्ला बाजी ?



१७ फागुन २०७५, काठमाडौँ

आजबाट देशभरिका सबै हलमा दुई बहुप्रतिक्षित चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । युवापुस्तामा मेघास्टारको नामले परिचित अभिनेता अनमोल केसीको क्याप्टेन र छोटो समयमा सबैको मनमा बस्न  सफल अर्का नायक आशिरमान देशराज जोशीको द ब्रेकअप हलमा एकसाथ प्रदर्शनमा आएका छन् ।

दुवै चलचित्र ठूला ब्यानरमा निर्माण भएका हुन् । त्यसैगरी दुवै चलचित्रमा नाम चलेका कलाकारको अभिनय रहेको छ । चलचित्र क्याप्टेन मा अनमोल एक फुटबल खेलाडीको भूमिकामा देखिएका छन् भने आशिरमानले द ब्रेकअपमा लभर ब्याईको भूमिका निभाएका छन् । दुवै अभिनेता अभिनयमा दमदार मानिन थालेका छन् । अब यी दुईमध्ये दर्शकलाई कसले धेरै मन पराउने हुन् त्यो भने हेर्न बाकिँ नै छ ।

 

प्रतिक्रिया दिनुहोस्