बधाई छ ! लगातार १ सय २३ घण्टा नाचेर भारतीय महिलाको रेकर्ड तोड्दै नेपाली चेली बन्धनाले राखिन् वर्ल्ड रेकर्ड, लेखाइन् गिनिज बुकमा नाम



१७ फागुन २०७५, काठमाडौँ

गत मङ्सिर महिनामा नेपाली चेली बन्धना नेपालले नृत्यमा वल्र्ड रेकर्ड राख्नको लागि १ सय २३ घण्टा १५ मिनेट नाचेकी थिइन् । उनले आफ्नो उक्त भिडियो गिनिज बुकमा नाम लेखाउनको लागि पठाएकी थिइन् । नभन्दै बन्धना भारतकी एक महिलाको रेकर्डलाई तोड्दै विश्वकै सबैभन्दा लामो नृत्य गर्ने व्यक्तिमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् ।

उनले गत मङ्सिरमा बत्तीस पुतलीस्थित बिग फुडल्याण्डमा लगातार १ सय २३ घण्टा १५ मिनेट सम्म नेपाली गीतहरुमा नाचेकी छिन् । उनले आज आफ्नो मेहेनतको फल पाएकी छिन् । विभिन्न विधाहरुमा नेपालीले गिनिज बुकमा नाम लेखाइरहदाँ त्यसभित्र बन्धना पनि थपिएकी छिन् ।

सानैदेखि नृत्यमा केही गर्ने सपना बोकेकी बन्धना अहिले एक डान्स टिचर हुन् । त्यसबाहेक उनले केही गीतमा नृत्य निर्देशकको रुपमा काम पनि गरिसकेकी छिन् । हाम्रो तर्फबाट पनि बन्धनालाई धेरै धेरै शुभकामना ।

 

 

प्रतिक्रिया दिनुहोस्