रबिन्द्र अधिकारी सहितको दुर्घटनाको मार्मिक गीत सार्वजनिक, जो कोहीको पनि आँखा रसाउँछ (भिडियो)



१७ फागुन २०७५, काठमाडौँ

२ अघि घटेको दुखद घटनाले अहिले देश निकै स्तब्ध बनेको छ । ताप्जेजुङमा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको हेलिकप्टर दुर्घटनामा असामयिक निधन भएको छ । हेलिकप्टर ठोक्किएर टुक्रा टुक्रा भएपछि हेलिकप्टरमा चढ्ने कसैको पनि लास चिनिन सक्ने अवस्थामा रहेको छ ।

यतिबेला रबिन्द्र अधिकारी सहितको शवलाई श्रद्धान्जली दिनको लागि टुडिखेल लगिएको छ । यस्तै रबिन्द्र अधिकारी सहितको हेलिकप्टर दुर्घटनाको कथालाई जस्ताको तस्तै लेखेर गीत बनाइएको छ । हेमन्त कान्छा रसाईलीले आफ्नै शब्द, संगीत र आवाज रहेको श्रद्धान्जली बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा रबिन्द्र सहितको दुर्घटनालाई जस्ताको तस्तै उतारिएको छ । निकै मन छुने शैलीको गीतमा जो कोहीको पनि आखाँ रसाउँछ । यतिबेला सम्पूर्ण मृतकका परिवार शोकमा डुबेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्