राजेश हमालले आफ्नो गृहजिल्लामा गरे २ करोडको जग्गा दान



१७ फागुन २०७५, काठमाडौँ

राजेश हमाल नेपाली चलचित्र क्षेत्रमा महानायकको नामले परिचित छन् । उनी आजभोली चलचित्रमा त्यति देखिएका छैनन् । तर उनी फूर्सदिला पनि छैनन् । उनी चलचित्रमा नभएपनि अन्य काममा निकै व्यस्त छन् ।

यतिबेला उनी को बन्छ करोडपति मा व्यस्त छन् । त्यसबाहेक उनी सामाजिक कार्यमा पनि अग्रसर छन् । उनले अहिले आफ्नो गृहजिल्लामा केही परिवारलाई मालपोतको अनुमति लिएर जग्गा वितरण गरेका छन् ।

राजेशले लगभग २ करोडको जग्गा वितरण गरेका छन् । एउटा अभिनेता भएर सामाजिक कार्यमा जुट्नु निकै राम्रो कुरा हो । आफ्ना यस्तै राम्रा कामका कारण उनी सबैको मन मुटुम बस्न सफल भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्