प्रियंकालाई देखेर फिदा भइन् निककी पूर्व प्रेमिका, गरिन् यस्तो कमेन्ट



१७ फागुन २०७५, काठमाडौँ

बलिउड नायिका प्रियंका चोपडा यतिबेला अमेरिकामा आफ्ना श्रीमान् निक जोनससँग रमाइरहेकी छिन् । उनी आजभोली अमेरिकामा हुने हरेक कार्यक्रममा आफ्ना श्रीमान निकसँगै पुगिरहेकी हुन्छिन् ।

यस्तै एक कार्यक्रममा प्रियंका आफ्ना पति निकसँग पुगेकी थिइन् । उनले कालो कलरको गाउन लगाएर गएकी थिइन् । जसमा उनी निकै राम्री पनि देखिएकी थिइन् । सबैको नजर उनीमाथि नै परेको थियो । त्यस्तै निक जोनसकी पहिलेकी प्रेमिका माइला पनि प्रियंकाको रुप देखेर फिदा भइन् ।

प्रियंकालाई मेकअप गरिदिने एक महिलाले प्रियंका र आफ्नो तस्बिर इन्ष्टाग्राममा सार्वजनिक गरेकी थिइन् । जहाँ निककी पूर्व प्रेमिकाले प्रियंकालाई राम्री…धेरै माया भनेर कमेन्ट गरेकी छिन् । निकसँग ब्रेकअप भएपनि माइलाको निक र प्रियंका दुवैसँग सम्बन्ध राम्रो रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्