उत्कृष्ट श्रीमान् कसरी बन्न सकिन्छ ? भन्दै रणवीरले गरे करिनालाई प्रश्न



१७ फागुन २०७५, काठमाडौँ

बलिउड अभिनेता रणवीर सिंह र दिपिका पादुकोण बलिउडका आदर्श जोडी मानिन थालिसकेका छन् । अझ धेरैले त उनीहरुलाई आफ्नो आइडलको रुपमा पनि हेर्ने गरेका छन् । हुन पनि दिपिका र रणवीरको माया लोभलाग्दो खालको नै देखिन्छ ।

यस्तैमा रणवीर करिनाको नयाँ शो मा पुगेका थिए । उनलाई सबैले राम्रो श्रीमान्को ट्याग दिइरहँदा पनि उनले आफूलाई राम्रो श्रीमान् मानेका छैनन् । उनले करिनालाई एउटा राम्रो श्रीमान् हुन के गर्नुपर्छ भनेर सोधेको थिए ।

करिनाले रणवीर एउटा राम्रो श्रीमान् भएकाले उनले केही गर्नु नपर्ने बताइन् । साथै करिनाले रणवीर र दिपिकाले आफ्नो वैवाहिक जीवनलाई सुन्दर तरिकाले सुरु गरेकाले सधैँ एकअर्कासँग खुसी हुन सक्ने पनि बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्