बाहुबली अभिनेता प्रभास र श्रद्धा कपुरको बहुप्रतिक्षित चलचित्र ‘साहो’ को टिजर सार्वजनिक



१७ फागुन २०७५, काठमाडौँ

साउथ इन्डियन अभिनेता प्रभासलाई साधारणतया दर्शकले बाहुबली अभिनेता भनेर चिन्ने गरेका छन् । चलचित्र बाहुबली बा नै प्रभासले आफ्नो पहिचान अझ बलियो बनाउन सकेका छन् ।

साउथ इन्डियन चलचित्रमा आफूलाई अव्वल साबित गरिसकेका प्रभासले बलिउडमा पनि पाइला टेकेका छन् । उनले खेलेको बलिउड चलचित्र साहो को अफिसियल टिजर सार्वजनिक गरिएको छ ।

चलचित्र साहो प्रभासले आफ्नो लागि निकै नै विशेष भएको बताएका छन् । उनले यो चलचित्रको लागि आफूले निकै मेहेनत गरेको समेत बताए । चलचित्र साहो मा प्रभासलाई बलिउडकी क्यृुट नायिका श्रद्धा कपुरले साथ दिएकी छिन् । साहो को टिजर निकै नै दमदार बनेकाले दर्शकलाई मन पर्ने कुरामा प्रभास र श्रद्धा ढुक्क छन् ।


 

प्रतिक्रिया दिनुहोस्