म कृष्ण भक्त हुँ, विहान सधैँ उहाँको भजन गाउँने गर्छु : अनमोल केसी



१७ फागुन २०७५, काठमाडौँ

नायक अनमोल केसी अहिलेका निकै चर्चित अभिनेता हुन् । उनी निकै सालिन स्वभावका पनि छन् । झट्ट हेर्दा अनमोललाई सबैले क्लब जाने, ड्रिङ्क्स गर्ने र चुलबुले टाइपको अभिनेता भनेर सोच्ने गर्छन् । तर उनी त्यसको उल्टो रहेका छन् । अनमोल निकै इमान्दा र साधारण छन् ।

उनलाई क्लब जान र अनावश्यक हिडडुल गर्न पटक्कै मन पर्दैन । बरु फुर्सदको समयमा उनी मन्दिर जान रुचाउँछन् । उनी भगवान्प्रति आफूलाई निकै आस्था भएको बताउँछन् । त्यस्तै अनमोल कृष्ण भक्त हुन् । उनले विहान विहान आफूले कृष्णको भजन गाउने गरेको पनि बताए ।

अनमोल धेरैजसो समय आफ्नो घरमै बिताउँछन् । उनलाई उनको व्यक्तिगत जीवनबारे प्रश्न गर्दा उनी कत्तिपनि झर्को नमानी जवाफ दिने गर्छन् । सिनेवृतमा उनको धेरै नायिकासँग अफेयर चलेको कुरा सुन्नमा आएको थियो । तर अनमोलले आफू अहिलेसम्म कसैको पनि प्रेममा नभएको बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्