१७ फागुन २०७५, शुक्रबार
ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १ मा २०७५ साल फागुन १४ गते आगलागी भई घरजलेका ४ स्थानीयलाई संघीय सांसद यज्ञराज सुनुवारको विशेष पहलमा राहत वितरण सम्पन्न भएको छ।
राहत वितरणमा सांसद सुनुवारको साथै प्रदेश सभा सदस्य मोहन खड्का र सुनकोशी वडा नं. १ का वडाध्यक्ष विपहरी राईको विशेष पहल र नेकपाका स्थानीय नेताहरुको सक्रियतामा प्रति परिवार रु. १०,००० (रु. दश हजार) का दरले भर्खरै नगद वितरण गरिएको छ।
आगलागीबाट प्रभावित भएका परिवारमा नेकपाको स्थानीय कमिटीले प्रति घर २ बन्डल जस्ता उपलब्ध गराउने बताएको छ भने घर निर्माणको लागि प्रदेश सदस्य खड्का र संघीय सांसद सुनुवारले आफ्नो कोषबाट आवश्यक रकम उपलब्ध गराई जनताको दु:खमा सहयोग गर्ने प्रतिवद्दता जनाएको राहत वितरणमा सहभागी सिन्धुली फिक्कल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष राजु बरालले परिवर्तन खबरलाई बताए।