चलचित्रमा ‘गे’ को भूमिका गर्नुपरेमा मेरो अपोजिटमा सलिनमानलाई रोज्छु : अनमोल केसी



१८ फागुन २०७५, काठमाडौँ

नायक अनमोल केसी अभिनीत बहुप्रतिक्षित चलचित्र क्याप्टेन यहि शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको छ । यस्तै चलचित्र क्याप्टेन ले पहिलो दिनमा नै निकै राम्रो बक्सअफिस कलेक्सन गर्न सफल भएको छ ।

अनमोललाई चलचित्र क्याप्टेन को प्रमोेशनको क्रममा विभिन्न प्रश्नहरु सोधिएको थियो । जहाँ केही व्यक्तिगत प्रश्नहरु पनि सोधिएका थिए । उनलाई चलचित्रमा गे को भूमिका निर्वाह गर्नुपर्दा आफ्नो अपोजिटमा कसलाई रोज्नुहुन्छ भन्ने प्रश्न सोधिएको थियो ।

जसमा अनमोलले सलिनमानको नाम भनेका छन् । उनले आफ्नो अपोजिटमा कुनै नायकलाई रोज्नु पर्दा सलिनमान ठिक हुने बताए । तर अनमोलले आफूले जिस्किएर भनेकाले नराम्रो रुपमा नलिन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्