बलात्कार रोक्न ज्योतिले दिइन् यस्तो सुझाव, ‘मृत्युदण्ड होइन बलात्कारीको लिङ्ग नै काटिदिनुपर्छ’



१८ फागुन २०७५, काठमाडौँ

ज्योती मगर नेपालकी चर्चित लोकगायिका हुन् । तर उनी चर्चामा भन्दा धेरै आलोचनामा आउने गर्छिन् । उनलाई धेरैले नकरात्मक प्रतिक्रिया पनि दिने गर्छन् । तर ज्योतिलाई नजिकबाट चिन्नेहरुले उनी एक राम्रो सोच भएको केटी बताउँछन् । हुन पनि ज्योति नराम्रा कुराहरुलाई सहन सक्दिनन् र त्यस विषयमा बोलिहाल्छिन् ।

त्यस्तै ज्योतिले हालै एक अन्तवार्तामा बलकात्कारको बारेमा पनि बोलेकी छिन् । उनले आज हाम्रो समाजमा दिनप्रतिदिन बलात्कारको घटना बढिरहेकाले यसको लागि सबैले केही गर्नुपर्ने बताइन् । उनले जेलको सजाय दिएर मात्र कहिले पनि बलात्कार कम नहुने बताइन् ।

उनले जेलमा मत्र थुन्दा अपराधी छिट्टै जेलबाट निस्किहाल्ने र पुन : आफ्ना गल्तीलाई दोहोर्याउने गरेको बताइन् । त्यसैले उनले बलात्कार गर्नेलाई अब जेल सजाय मात्र नभएर उसको लिङ्ग नै काटिदिनु पर्ने बताइन् । यसो गरेमा बलात्कार कम हुने ज्योतिको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस्