गीत गाएरै नेपाल आइडलका सागर आलेले बनाए यति राम्रो घर



१८ फागुन २०७५, काठमाडौँ

सागर आले नेपाल आइडलबाट चिनिएको नाम हो । उनी नेपाल आइडल ििसजन १ को उत्कृष्ट ४ मा पर्न सफल भएका थिए । नेपाल आइडलको उपाधी जित्न नसकेपनि उनले धेरैको मन भने जित्न सफल भए ।

अहिले सागर निकै महंगा र व्यस्त गायकको सुचीमा पर्छन् । साथै उनी देश तथा विदेशको कार्यक्रममा पनि निकै व्यस्त हुन थालेका छन् । सामान्य घरपरिवारका सागर आज स्टार बनिसकेका छन् । उनले आफ्नो मेहेनतको कमाईले चितवनमा एउटा सानो घर समेत बनाइसकेका छन् ।

उनको घर निकै राम्रो पनि रहेको छ । अहिले सागर आफ्नो परिवारसहित आफ्नो नयाँ घरमा नै बस्दै आएका छन् । त्यसका साथै काठमाडौँको ठमेलमा पनि उनले नयाँ रेस्टुरा खोलेका छन् र उनी त्यसमा पनि व्यस्त भैरहेका हुन्छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्