चर्चित गीत ‘पिरिम नलाउने’ ले काट्यो ३ करोड भ्यूज पाएको खुसियालीमा केक, ‘पिरिम नलाउने २’ पनि आउने



१८ फागुन २०७५, काठमाडौँ

आजभोली बजारमा लोक शैलीका गीत बढी रुचाइन थालेको छ । त्यसैकारण पनि बजारमा आजभोली लोक शैलीका गीतहरु बढी आउन थालेका छन् । यस्तैमा आजभन्दा करिब ४ महिना अघि रिलिज भएको लोक शैलीको गीत पिरिम नलाउने ले पनि नसोचेको सफलता हासिल गरेको छ ।

दिपक शर्माको शब्द र संगीत रहेको गीतमा आशिष सेरचन र मेलिना राईको आवाज रहेको छ । उक्त गीतको भिडियोमा बर्षा राउत र आशिष सेरचनलाई फिचरिङ गराइएको छ । उक्त गीत निकै नै मिठो शैलीको बनेको छ ।

उक्त गीतलाई युट्युबमा ३ करोडभन्दा बढी पटक हेरिएको छ । यसैको खुसियालीमा हिजो राजधानीमा पिरिम नलाउने गीतको टिमले एक कार्यक्रमको आयोजना गर्दै केक काटेको छ । जसमा गीतका गायक गायिकादेखि सम्पूर्ण टिम नै उपस्थित भएको थियो । अब चाडैँ नै पिरिम नलाउने २ पनि आउने दिपक शर्माले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्