सलमानकी पूर्व भाउजु मलाइका र उनका प्रेमी अर्जुन कपुर विवाह गर्दै



१८ फागुन २०७५, काठमाडौँ

यतिबेला बलिउडमा सलमान खानकी पूर्व भाउजु मलाइका अरोडा र अर्जुन कपुरको प्रेम सम्बन्धले निकै स्थान पाइरहेको छ । यी दुईले विगत केही समयदेखि एक अर्कालाई डेट गरिरहेका छन् ।

धेरैपटक अर्जुन र मलाइका डेट गएको अवस्थामा समेत भेटिएका छन् । अहिले यी दुईको बारेमा नयाँ खबर सार्वजनिक भएको छ । यी दुईले आउँदो अप्रिलमा विवाह गर्ने भएका छन् । यी दुईको विवाह क्रिस्चियन धर्मअनुसार हुने भारतीय मिडियाले बताएको छ ।

यी दुईको विवाह साधारण तरिकाले हुनेछ । विवाहमा आफन्त र केही साथीहरु मात्र उपस्थित हुने भएका छन् । त्यस्तै पहिले यो जोडिले आफूहरुबीच प्रेम रहेको कुरा स्वीकारेको थिएन भने अहिले एकअर्कालाई प्रेम गर्ने कुरा स्वीकारेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्