अनमोल केसी नेपालको झण्डा लिएर हलमा पुग्दा दर्शकहरुबीच हानाहान ! (भिडियो)



१८ फागुन २०७५, काठमाडौँ

यतिबेला देशव्यापी रुपमा अनमोल केसीको बहुप्रतिक्षित चलचित्र क्याप्टेन प्रदर्शन भैरहेको छ । चलचित्र क्याप्टेन ले प्रदर्शनको पहिलो दिनमा नै नसोचेको सफलता हात पारेको छ । चलचित्र क्याप्टेन हेर्न हिजोदेखि नै सम्पूर्ण हलमा दर्शकको निकै घुँईचो लागिरहेको छ भने हलहरु पनि हाउसफूल नै छन् ।

आज अनमोल चलचित्राबारे दर्शकको प्रतिक्रिया बुझ्न चावहिलस्थित गोपी कृष्ण हल पुगेका थिए । त्यहाँ उनलाई हेर्ने दर्शकको थामी नसक्नु भिड थियो । अनमोल नेपालको झण्डा लिएर हलमा पुग्दा दर्शकले उनलाई चारैतर्फबाट घेरेका थिए ।

त्यतिमात्र नभएर हलमा अनमोललाई हेर्नको लागि दर्शकबीच हानाहान समेत भएको थियो । अनमोलले सबैलाई हात हल्लाउँदै आफ्नो चलचित्रबारे प्रतिक्रिया पनि लिए । सबैले चलचित्र क्याप्टेन निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्