विरामी भएकी निरुता अनमोलको ‘क्याप्टेन’ हेर्दा रोइन् (भिडियो)



१९ फागुन २०७५, काठमाडौँ

अनमोल केसीको बहुप्रतिक्षित चलचित्र क्याप्टेन गत शुक्रबार बाट देशव्यापी रुपमा प्रदर्शनमा आएको छ । चलचित्रले बक्सअफिसमा निकै राम्रो कलेक्सन गरिरहेको छ । चलचित्र हेरेका दर्शकले चलचित्रको विषयवस्तु र अनमोलको कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

त्यस्तै अनमोलको क्याप्टेन हेर्न हलमा निरुता सिंह पनि पुगेकी थिइन् । निरुता आफ्नो स्वास्थ्य अवस्था ठिक नहुँदा पनि त्यहाँ पुगेकी थिइन् । उनले पनि चलचित्र क्याप्टेन को निकै प्रशंसा गरिन् । विशेषगरी निरुताले अनमोलको कामले आफूलाई छोएको बताइन् । उनले पहिलो पटक अनमोलको चलचित्र हेरेर आफू रोएको समेत बताइन् ।

निरुताले मात्र नभएर अधिकांश दर्शकले यो चलचित्रमा अनमोलको कामको निकै प्रशंसा गरेका छन् । त्यस्तै नव नायिका उपासना सिंह ठकुरीलाई पनि दर्शकले चलचित्र हेरिसकेपछि सम्भावना बोकेकी नायिकाको उपनाम दिइसकेका छन् । जे होस अनमोलको क्याप्टेन ले बक्सअफिसमा धमाका नै मच्चाइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्