यसरी शिवरात्रीमा ‘महादेव’ बने महानायक राजेश हमाल



२० फागुन २०७५, काठमाडौँ

आज शिवरात्री भएकाले देशैभर यो पर्व धुमधामले मनाइदैँ छ । साथै देशैभरका शिवको मन्दिरमा आज विहान देखि नै दर्शन गर्नेहरुको निकै भिड लागिरहेको छ । यस्तैमा नायक राजेश हमालले पनि शिवरात्रीको अवसरमा फेसबुकमा आफ्नो तस्बिर अपलोड गर्दै सबैलाई शुभकामना दिएका छन् ।

आजभोली राजेश हमाललाई लिएर धेरै ट्रोलहरु बनाउन थालिएको छ तर यस विषयमा राजेशले कहिले पनि विरोध गरेका छैनन् । उल्टो उनी आफ्नो ट्रोललाई लिएर रमाइरहेका छन् । आज शिवरात्रीको अवसरमा पनि राजेशका फ्यानहरुले उनको टाउको शिवजीको फोटोमा जोडेर उनलाई शिवजी बनाइदिएका छन् ।

राजेश स्वयमले उक्त तस्बिर सेयर गर्दै सबैलाई शिवरात्रीको शुभकामना दिएका छन् । राजेश हमाल आजभोली चलचित्रमा भन्दा पनि रियालिटी शो को बन्छ करोडपति मा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्