सगरमाथा आरोहण गर्ने महिलाको बायोपिकमा आलिया



२० फागुन २०७५, काठमाडौँ

आलिया भट्ट बलिउडकी निकै चर्चित नायिका हुन् । उमेरले सानै आलियाको अगाडी ठूला ठूला नायिका पनि फिक्का हुन थालेका छन् । बलिउडमा उनको डिमाण्ड चर्को छ । त्यसबाहेक रणवीर कपुरसँगको प्रेमका कारण पनि उनी बेला बेलामा चर्चामा आउने गर्छिन् ।

आलियाले अब सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिलाको बायोपिकमा निर्माण हुने चलचित्रमा काम गर्ने भएकी  छिन् । सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको हो । जसमा अरुणिमाले आफ्नो जीवन कालमा गरेको संघर्षलाई देखाइने छ ।

अहिले आलिया अरुणिमाले लेखेको पुस्तक पढिरहेकी छिन् । आलियाको भर्खरै मात्र चलचित्र गली ब्वाइज रिलिज भएको थियो । जसबाट आलियाले निकै तारिफ पनि पाइन् । अरुणिमाको बायोपिकमा निर्माण हुने चलचित्रको छायांकन भने २०२० बाट सुरु गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्