‘कार्टुन्ज क्रु’ को नयाँ गीत रिलिज (भिडियो)



२० फागुन २०७५, काठमाडौँ

कार्टुन्ज क्रु नेपालको निकै चर्चित डान्स ग्रुप हो । तर आजभोली कार्टुन्ज क्रु ले डान्स मात्र नभएर विभिन्न वेब सिरिजमा पनि अभिनय गर्न थालेको छ । अहिले पनि यु एण्ड आई नामक वेब सिरिजमा यो गु्रप व्यस्त छ ।

भर्खरै मात्र कार्टुन्ज क्रु को नयाँ गीत सार्वजनिक भएको छ । चर्चित गायक सुशान्त केसीको शब्द र संगीत रहेको साथ सधैँको बोलको गीतमा सुशान्त केसीकै आवाज रहेको छ भने गीतमा र्याप चर्चित र्यापर युनिक पोइटले दिएका छन् ।

निकै रमाइलो शैलीको गीतमा कार्टुन्ज क्रु का सम्पूर्णलाई फिचरिङ गराइएको छ भने गीतलाई कार्टुन्ज क्रु का सबै मिलेर कोरियोग्राफी गरेका छन् । गीतमा सबैलाई होलीमा रमाइरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्