२० बर्षपछि चलचित्रमा एकसाथ देखिदै सलमान र ऐश्वर्या ?



२० फागुन २०७५, काठमाडौँ

अहिले बलिउडमा सलमान खान र सञ्जय लिला भन्साली २० बर्षपछि सँगै काम गर्न लागेको चर्चा रहेको छ । सञ्जय लिला भन्सालीले आफ्नो नयाँ प्रोजेक्टमा सलमानलाई लिने भएका छन् । चलचित्रको नाम हम दिल दे चुके सनम हुनसक्ने बताइएको छ । तर औपचारिक रुपमा सञ्जयले चलचित्रको नाम भने खुलाएका छैनन् ।

त्यस्तै चलचित्रमा सलमानको अपोजिटमा हुने नायिका भने फाइनल गरिएको छैनन् । भारतीय मिडिया अनुसार सलमान आफ्नो अपोजिटमा अभिनेत्री कट्रिना कैफलाई लिन चाहन्छन् । तर सञ्जयले अहिले नै नायिकाको लागि हतार गरेका छैनन् ।

सञ्जयले चलचित्रको लागि नायिका ऐश्वर्यालाई मनाउने कोशिष गरिरहेका छन् । तर ऐश्वर्या र सलमानबीच राम्रो सम्बन्ध नभएकाले ऐश्वर्या मान्छिन् वा मान्दिनन् त्यो भने थाहा छैन । सञ्जयले चलचित्रको लागि दिपिका पादुकोणलाई पनि लिने सोच बनाइरहेका छन् । तर चलचित्रको लागि ऐश्वर्याले मानिन् भने अरु नायिकाले स्थान पक्कै पनि पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्