शिवरात्रीको अवसरमा नेपालमा छायांकन गरिएको सोनू निगमको ‘शिव शंकरा’ बोलको गीत सार्वजनिक



२० फागुन २०७५, काठमाडौँ

सोनू निगम बलिउडका निकै चर्चित गायक हुन् । उनले थुप्रै हिट गीत गाइसकेका छन् । केहीसमय अघि सोनू निगम एक गीतको छायांकनको लागि नेपाल आएका थिए । शिव भगवा्नमा आधारित हिन्दी गीतको सुटिङ पोखरामा भएको थियो । शिवरात्रीको अवसरमा उक्त गीत सार्वजनिक गरिएको छ ।

वसन्त चौधरीको शब्द र श्रेयास पुरानिकको संगीत रहेको शिव शंकरा बोलको गीतमा सोनू निगमको आवाज रहेको छ । उक्त गीतको सम्पूर्ण छायांकन नेपालको पोखरामा गरिएको छ । निकै मिठो गीतलाई राम्रोसँग छायांकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्