मुस्लिम समुदायकी चेलीको देश विकासमा ठुलो योगदान ! (भिडियो सहित)



२० फागुन २०७५, काठमाडौं

एउटा मुस्लिम समुदायबाट अगाडी बढेकी चेली नेपाल आइडलको स्टेजबाट आफ्नो मिठो स्वरलाई सारा नेपालीहरु माझ पस्कि सकेकी मोडल गायिका, समाज सेवी जन्नत खानको अहिले देश विकासको लागि यति ठुलो योगदान गरेकी छन् ।

प्रदेश नं २ को शान मुस्लिम समुदायबाट आएकी जन्नत खानले विरगंज महानरगपालिकाको विरोध गर्दै यस्तो जानकारी दिएकी छन् । नेपाल आईडल सिजन २ को प्रतिस्पर्धामा छनौट भएकी खानले सडक दुर्घटनाबाट बच्न र बचाउनको लागि विरगंज महानरगपालिकाका मेयर र वडा नं २४ रमगढवाका अध्यक्षको ध्यान केन्द्रित गरेकी छिन् ।

सुख्खा बन्दर्गाहबाट पावर हाउस तर्फ आउने मुख्य सडकको बीचमा ३ मिटर लामो र एकमिटर चौडाई भएको सडक खाल्टोमा परिणत भएको सो खाल्टोमा हाल सम्म दर्जनौ सवारि साधन दुर्घटना र दुई दर्जन भन्दा बढि यात्रु र चालकहरु दुर्घटनामा परि घाईती भएका रामगढवाका स्थानीयहरुले बताएका छन् ।

त्यसै सन्दर्भमा समाजमा सेवा पुर्याउने जाँगर राखेकी खानले वर्षाै देखी सडक टुटेको अवस्थालाई यथा सिग्रह निर्माण वा सिमेन्टको प्लेट बनाई सो स्थानमा राखि दिएमा दुर्घटनाबाट जोगिन सकिने उनले बताएकी छिन् ।
भिडियो :

प्रतिक्रिया दिनुहोस्