चर्चित रबिना वादी मृत्युको मुखमा, एउटा मृगौलाले काम गर्नै छोड्यो (भिडियो)



२० फागुन २०७५, काठमाडौँ

रविना वादी केहीसमय अघि आफ्ना श्रीमान् र छोराको कारण चर्चामा आएकी थिइन् । श्रीमान्ले छोडेर गएपछि अहिले उनी आफ्ना एक छोरालाई लिएर एक्लै बस्दै आएकी छिन् । रविना वादीबारे नयाँ खबर सार्वजनिक भएको छ ।

रविना वादी अहिले निकै विरामी भएकी छिन् । उनको एउटा मृगौलाले काम गर्न छोडेको छ । जसको कारण उनको शारीरिक अवस्था बिग्रदै गएको छ । रविना अहिले ओछ्यानमा पल्टिरहेकी छिन् । यस्तै उनले आफूलाई दिदीबहिनी मान्नेहरुप्रति पनि दुखेसो पोखेकी छिन् ।

कुनै समय दिदीबहिनी भन्नेहरु अहिले दुख पर्दा सहयोग मान्दा टाउको बर्टाछन् भन्दै रविना रोइन् । केहीसमय अघि उनले आफ्नो छोराको पनि उपचार गराएकी थिइन् । त्यस समय उनको १८ लाख खर्च भएको थियो । अहिले उनी आफैँ विरामी भएकी छिन् । तर उनलाई हेरचाह कोहीपनि छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्